कम्प्युटर एउटा बिधुतिय प्रोग्रामेबल यन्त्र हो । कम्प्युटर शब्द ल्याटिन शब्द Computare बाट आएको हो । जसको अर्थ गणना वा गन्ती गर्नु हाे । यस यन्त्रकाे बनावट लगतार र स्वचािलत भएर गणितिय अथवा तार्किक क्रमबद्द रूपमा कार्य गर्ने गर्दछ । निश्चत दिएको निर्देशन अनुसार कार्य सम्पादन गरी नतिजा प्रस्तुत गर्ने मानव निर्मित यन्त्रलाई कम्प्युटर भनिन्छ ।
कम्प्युटरका विभिन्न डिभाइसहरू : (सिस्टम युनिट, स्क्रिन, मोनिटर, स्पिकर, की बोर्ट, माइक्रोफोन, माउस) |
कम्प्युटरका विशेषता
१. गति२. भण्डार३. शुदता४. लगनशीलता
५. विविध काय क्षेमता
६. स्वचालित
कम्प्युटरलाई ब्रान्डका आधारमा वर्गीकरण
कम्प्युटरलाई ब्रान्ड (brand) का आधारमा तिन बण्डमा विभाजन गर्न सकिन्छ । ब्रान्डका आधारमा वर्गीकरण गरिएका कम्प्युटरहरू निम्न लिखित छन्:
(क) आई. बी. एम. कम्प्युटर (IBM/International Business Machine)
इनन्टरनेस्नल बिजिनेस मेसिन एक विशेष ब्रान्डको कम्प्युटर हो । यो विश्व बजारमा लोकप्रिय ब्रान्डको कम्प्युटर हो । यस कम्प्युटरले माइक्रोसफ्ट कम्पनीसँग मिलेर कम्प्युटरको निर्माण गरेको हो । यो कम्प्युटर सर्वप्रथम व्यापार प्रयोजनका लागि निर्माण गरिएको हो ।
(ख) आइ. बी. एम. कम्पेटिबल कम्प्युटर (IBM Compatible Computer)
आई. बी. एम. कम्प्युटर कम्पनीले प्रयोग गरेको कम्प्युटर सञ्चालन प्रणाली तथा सफ्टवेयरहरूको नै प्रयोग गरी निर्माण गरिएको ब्रान्डलाई आई. बी. एम. कम्पेटिबल कम्प्युटर भनिन्छ । यस्ता कम्पेटिबल कम्प्युटरहरू धेरै प्रकारका छन् । जस्तै: डेल, एस्सेर, एचपी, एमएसआइ, सोनी, टोसिबा आदि ।
(ग) एप्पल म्याकिनटोस कम्प्युटर (Apple / Macintosh Computer)
एप्पल भन्ने कम्पनीले निर्माण गरेका कम्प्युटरहरूलाई एप्पल वा म्याकिनटोस ब्रान्डका नामले चिनिन्छ । यस किसिमका कम्प्युटरका सञ्चालन प्राणाली अन्य ब्राण्डको प्रणालीभन्दा केही फरक हुन्छन् । हिजोआज एप्पल कम्प्युटरलाई म्याकिनटोस अर्थात म्याक नामले चिनिन्छ ।
कम्प्युटरको इतिहास (History Of Computer)
कम्प्युटरको इतिहास प्रायः ऐतिहासिक समयबाट सुरु हुन्छ । अङ्कहरूको विकास हुनु अगाडि मान्छेहरू गणना गर्न कुनै स्रोतहरूको प्रयोग गर्दथे । भित्तामा धर्काहरू कोर्ने, आफ्ना जनावरहरू गणना गर्न ढुङ्गाहरू प्रयोग गर्ने, आफ्ना औंलाहरू र डोरीका गाँठाहरू प्रयोग गर्ने गर्दथे । यसको फलस्वरूप हिन्दु दार्शनिकहरूले गणना गर्न नयाँ प्रविधि विकास गरे । यसमा ०-९ सम्मका अङ्कहरू प्रयोग गरिन्थ्यो । यसमा जम्मा १० ओटा मात्र हुने भएकाले यसलाई डेसिमल नम्बर (decimal number system) भनिन्छ । मानवको विकाससँगै उनीहरूले व्यापार गर्न थाले । यसमा विभिन्न किसिमका अप्ठ्यारा हिसाब गर्नुपर्ने भयो । यही दौरानमा विभिन्न समयमा विभिन्न अप्ठ्यारा किसिमका हिसाबहरू सजिलै सम्पन्न गर्न नयाँ नयाँ मेसिन र प्रविधिको विकास गर्न थाले ।
१. अवाकस (Abacus)
Abacus
अबाकस पहिलो मानव निर्मित हिसाब (calculating) गर्ने उपकरण हो । यो करिब ३००० वर्ष अगाडि चिनियाँ व्यापारीहरूले बनाएका थिए । यो चारपाटे फ्रेममा काठ वा धातुका डन्डीहरू जडान गरी बनाएको हुन्छ । फ्रेमलाई तल्लो र माथिल्लो गरी दुई भागमा छुट्याइएको हुन्छ र बिचको काठले तल्लो भाग र माथिल्लो भागलाई छुट्याएको हुन्छ । तल्लो भागलाई अर्थ (earth) र माथिल्लो भागलाई हेभन (heaven) भनिन्छ । तल्लो भागमा ५/५ ओटा डल्लाहरू हुन्छन् भने माथिल्लो भागमा २/२ ओटा डल्लाहरू जडान गरिएका हुन्छन् । यी डल्लाहरू हातका औंलाले तल माथि सारेर हिसाब गरिन्छ । यी डन्डीहरूमा जडित डल्लाहरूले निश्चित अङ्कको प्रतिनिधित्व गरेका हुन्छन् । डन्डीहरू दायाँबाट बायाँतर्फ जाँदा, पहिलोले एक अङ्कको प्रतिनिधित्व गर्दछ भने दोस्रोले दस, तेस्रोले सय…, एवम् प्रकारले ती डल्लाहरूले अङ्कभार बोकेका हुन्छन् तर माथिल्लो डल्लाहरूको अङ्कभार पाँच हुन्छ । उदाहरणका लागि पहिलो डन्डीका डल्लाहरू पाँच ओटै गणना गरिसकेपछि माथिल्लो एउटा डल्लो गणना गरिन्छ । जब माथिल्लो दुई ओटा गणना हुन्छ, त्यस बराबर दोस्रो डन्डीको एक डल्ला हुन्छ । यस उपकरणबाट फ्राक्सनहरू (fraction) को पनि गणना गर्न सकिन्छ ।
नापियर बोन (Napier's Bone):
स्लाइड रूल (Slide Rule)
स्लाइड रुल एक एनालग हिसाब गर्ने उपकरण हो । यसलाई विलियम औगरेट (William Oughtred) ले इ.सं. १६२० मा बनाएका थिए । उनी ब्रिट्रिस गणितज्ञ थिए । उनको उपकरण जोन नापियरको सिद्धान्त 'लगरिथम (logarithm)' मा आधारित छ ।
स्लाइड रुलमा दुई ओटा स्केल हुन्छन् । एउटा लामो र अर्को छोटो हुन्छ । यसमा अङ्कहरू कोरिएका हुन्छन् । सानो स्केल लामो स्केलमाथि खप्टयाएर चलाउन मिल्ने गरी बनाएको हुन्छ । यसको मद्तबाट गुणन र भाग सजिलै गर्न सकिन्छ । यसलाई पहिलो एनालग (analog device) उपकरण पनि भनिन्छ ।
पास्कलाइन (Pascaline)
इ.सं. १६४२ मा फेन्च गणितज्ञ ब्यलेज पास्कल (Blaise Pascal) ले पास्कलाइन (Pascaline) उपकरण बनाएका थिए । ब्यलेज पास्कलले यो उपकरण उनको बुबाको कामलाई सहयोग पुयाउन बनाएका थिए । यस उपकरणमा आठ ओटा घुमाउन मिल्ने चक्का जडान गरिएको हुन्छ, जसमा ० देखि ९ सम्म अङ्क कोरिएको हुन्छ । यी चक्काहरू एक अर्कासँग विशेष किसिमले जोडिएका हुन्छन्, जसमा एउटा चक्का ० देखि ९ सम्म घुमाउँदा सँगैको अर्को चक्का १ पटक घुम्छ ।
यहीँ अनुपातमा अरू चक्काहरू घुम्ने व्यवस्था मिलाइएको हुन्छ । सानो घडी हरेक चक्काको माथि जडान गरिएको हुन्छ, जसले चक्काको अवस्था वा मात्रालाई देखाउँछ । यो उपकरणलाई विशेष गरी जोड र घटाउ हिसाब गर्न प्रयोग गरिन्छ । गुणन र भाग गर्न पटक पटक जोड वा पटक पटक घटाउ गरिन्थ्यो । यस उपकरणले आठ अङ्कसम्म मात्र हिसाब गर्न सकिन्छ ।
लेबनाइज स्टेप्ड रेकनर (Leibnitz Stepped Reckoner)
जर्मन गणितज्ञ गटफ्रिड विल्हेम लेवनिज (Gottfried Wilhelm Leibniz) ले इ.सं. १६७३ मा यो उपकरणको निर्माण गरेका थिए । यो उपकरण पास्कलाइनकै सिद्धान्तमा आधारित थियो। तर बनावट पास्कलाइन भन्दा अलि जटिल थियो । यस उपकरणको मद्दतबाट जोड, घटाउ, गुणन र भाग गर्न सकिन्छ । यसमा एउटा ह्यान्डलको मद्दतबाट नम्बरहरू इन्ट्री गरिन्थ्यो र आवश्यक हिसाब निकालिन्थ्यो ।
चार्ल्स बावेज (Charles Babbage)
चार्ल्स बाबेज इ.सं. १७९१ मा ब्रिटेनमा जन्मेका थिए । उनी आधुनिक कप्प्युटर पिता (Father of Computer) मानिन्छन् । उसले डिफरेन्स इन्जिन र एनालिटिकल इन्जिन गरी दुई ओटा आधुनिक उपकरण बनाएका थिए । विशेष कारण ती दुई ओटा उपकरण पूर्ण हुन पाएन । तर पनि उनको विचार र प्रविधिले धेरै ख्याति कमाएका थिए, जसको फलस्वरूप अहिलेको आधुनिक कम्प्युटरमा उसको प्रविधि प्रयोग गरिएको पाइन्छ । उनी क्याम्बिज (Cambridge) विश्व विद्यालयका प्राध्यापक थिए ।
डिफरेन्स इन्जिन (Difference Engine)
चार्ल्स बाबेजले इ.सं. १८२२ मा डिफरेन्स इन्जिन बनाएका थिए । यस इन्जिनमा इन्धनको रूपमा बाफ प्रयोग गरिन्थ्यो । यस इन्जिनले डिफरेन्स टेबल (Difference Table) को आधारमा काम गर्छ । हाल यसको एउटा मोडेल लन्डनको म्युजियममा राखिएको छ ।
एनालिटिक्कल इन्जिन (Analytical Engine)
डिफरेन्स इन्जिन बनाउने क्रममा बाबेजले नयाँ विचार र प्रविधि पत्ता लगाए । इ.सं. १८३३ मा डिफरेन्स इन्जिनलाई बिचैमा छाडेर नयाँ उपकरण बनाउनेतर्फ लागे, जसको नाम एनालिटिकल इन्जिन हो । (Analytical Engine) यस इन्जिनमा चार मुख्य भाग थिए :
१. मिल (Mill) : हिसाब गर्ने (Calculating) भाग
२. स्टोर (Store) : भन्डारण गर्ने भाग
३. इन्पुट (Input) : डाटा इन्ट्री गर्ने भाग
४. आउटपुट (Output) : परिणाम देखाउने भाग
यस उपकरणमा इन्पुट र आउटपुट कार्य गर्न पन्च कार्ड (Punch Card) को प्रयोग गरिन्थ्यो । बाबेजले यो विधि ज्याकर्ड लूम (Jacquard Loom) बाट लिएका थिए । यसले २० अङ्कसम्मको हिसाब निकाल्न सक्दछ, जसको गति ६० ओटा जोड प्रति मिनेट थियो । यस उपकरणका मुख्य विशेषताहरू निम्न लिखित छन् :
१. डाटा र इन्स्ट्रक्सन (Instructions) हरू पन्च कार्डको मद्दतबाट दिइन्थ्यो ।
२. डाटाहरूलाई भन्डारण (store) गर्न सकिन्थ्यो ।
३. मिल (Mill ) को प्रयोग गरी प्रशोधन (Processing) कार्य गरिन्थ्यो ।
४. आवश्यक आउटपुट (Output) परिणामको रूपमा निकाल्न सकिन्थ्यो ।
लेडी अगस्ट अडा (Lady Augusta Ada)
लेडी अगस्टा चार्ल्स बाबेजको विचारबाट प्रभावित थिइन् । बाबेजसँगको भेटघाटको क्रममा लेडी अगस्टले एनालेटिकल इन्जिन सम्बन्धी थुप्रै ज्ञान हासिल गरेकी थिइन् । उनीले एनेलिटिकल इन्जिनमा बाइनरी नम्बर (Binary Number) प्रयोग गर्न सुझाव दिएका थिए । अडाले पहिलो पल्ट कम्प्युटरमा प्रोग्रामिङ गर्न सफल भए । कम्प्युटरमा एक पटक दिएको निर्देशन (Instruction) पटक पटक आवश्यकताअनुसार दोहोर्याउन सकिन्छ भनी लुपिङ (Looping) को आवधारणा पत्ता लाग्यो । उनलाई पहिलो कम्प्युटर प्रोग्रामर (Computer Programmer) भनी चिनिन्छ । पछि उनको सम्मानमा इ.सं. १९७९ मा अमेरिकाको सुरक्षा विभागले तयार गरेको कम्प्युटर प्रोग्रामिङको नाम लेडी अगस्टा अडा (ADA) भनी राखियो ।
टाबुलेटिक मेसिन (Tabulating)
हर्मन अमेरिकाको तथ्याङ्क विभागमा जनगणना कार्यालयका कर्मचारी थिए । उसले ज्याकर्ड लुमको पन्जकार्डको प्रविधिलाई परिमार्जित गरी टाबुलेटिङ मेसिनमा प्रयोग गरेका थिए । इ.सं. १८८० को अमेरिकाको जनगणना कार्य झन्डै ७ सात वर्ष लागेको थियो । त्यसको १० वर्षपछि इ.सं. १८९० मा जनसङ्ख्या वृद्धिका कारण १० वर्ष लाग्ने अनुमान गरेका थिए ।
त्यसैले अमेरिकाको जनगणना कार्यालयले कसले छिटो गणना गर्ने उपकरण बनाउन सकिन्छ भनी प्रतियोगिताको आयोजना गर्यो । यस प्रतियोगितामा हर्मनले 'टाबुलेटिङ मेसिन' (Tabulating Machine) बनाई प्रतियोगितामा भाग लिएर प्रतियोगितासमेत जिते । यही मेसिनपछि १८९० को जनगणनामा प्रयोग गरियो र जनगणना कार्य ३ वर्षमा कम खर्चमा सम्पन्न गर्न सफल भयो । हर्मनले पहिलो पल्ट आफ्नो मेसिनमा पन्ज कार्डको प्रयोग गरेका थिए । इ.सं. १८९६ मा होरिडले टाबुलेटिङ मेसिन कम्पनी (Tabulating Machine Company) को स्थापना गरे । उनले अर्को कम्पनीसँग मिली विश्व प्रसिद्ध कम्पनी आई.बी.एम (I.B.M.) को स्थापना गरे, जुन हालसम्म प्रसिद्ध छ ।
इलेक्ट्रो मेकानिकल कम्प्युटर (Electro Mechanical Computer) मार्क-I (Mark-I)
मार्क I लाई पहिलो इलेक्ट्रो मेकानिकल कम्प्युटर मानिन्छ । इ.सं. १९४० मा हावर्ड विश्व विद्यालयका प्रोफेसर हावर्ड आइकन (Howard Aikon) र IBM का इन्जिनियरहरूद्वारा एक जटिल किसिमको मेसिन तयार गरियो, जसको नाम मार्क - आई (Mark-1) राखियो ।
यसलाई आई. बी. एम. ए. एस. सी. सी. (IBMASCC) भनिन्छ । यो पहिलो प्रोग्राम्बेल (programmable) कम्प्युटर हो । यो मेसिनको बनावट जटिल र आकार विशाल थियो । यसमा ७५०,००० विभिन्न पार्ट पुर्जाहरू जडान गरिएको थियो र यसमा ५०० माइल लामो तारले ती पुर्जाहरूलाई जोडिएका थिए । यसमा भ्याकुम ट्युबहरू मात्र १८,००० ओटा प्रयोग गरिएको थियो । यसको लम्बाइ ५१ फिट, उचाइ ३ फिट र तौल ३२ टन थियो । यसले धेरै मात्रामा विद्युत् खपत गर्नुका साथै ताप बढी मात्रामा उत्पादन गर्दथ्यो । ग्रेस होपर (Grace Hoper) मार्क-I को प्रोग्रामर थिए, जसले पहिलो कम्प्युटर बग (Computer Bug) पत्ता लगाए ।
एन्टानासफ बेरी कम्प्युटर (ABC/Antanasoff Berry Computer)
जोन भासेन एन्टानासफ र उसका विद्यार्थी किलिफड बेरी मिली पहिलो इलेक्ट्रोनिक कम्प्युटर एन्टानासफ बेरी (ए.बी.सी.) बनाए । यसमा जम्मा ३००० विट्स भन्डारण गर्ने क्षमता राख्दथ्यो । एन्टानासफले आफ्नो मेसिनमा पहिलो पल्ट क्यापासिटर प्रयोग गरी इलेक्ट्रिक चार्ज (Electric Charge) भन्डारण गर्न सफल भए । ती इलेक्ट्रिक चार्जलाई बाइनरी नम्बर ० र १ ले प्रतिनिधित्व गरे, जसलाई बाइनरी नम्बर सिस्टम पनि भनिन्छ ।
इनिक (ENIAC/Electronic Numerical Integrator and Calculator)
इलेक्ट्रोनिक्स न्युमेरिकल इट्रिग्रेटर र क्यालकुलेटर दोस्रो विश्वयुद्धका दौरान विभिन्न किसिमका अत्याधुनिक उपकरणको बिकास भयो । इ.सं १९४६ मा जोन विलियम माउटयुली र जे.पी. इकर्टले यी मेसिन अमेरिकाको सैनिक प्रयोजनका लागि बनाएका थिए । यसको कार्य क्षमता पहिलेका कम्प्युटरहरू भन्दा निकै बढी थियो । यसको आकार १० फिट अग्लो र १,००० स्क्वायर फिट कोठा आवश्यक पर्दथ्यो । यसको तौल ३० टन थियो । यसमा ७०,००० रेजिस्ट्रर (Register), १०,००० क्यापासिटर (Capacitor), ६०,००० स्विच (switch) र १८००० भ्याकुम ट्युब (Vacuum Tube) जडित थियो । यसले १८०,००० वाट विद्युत् खपत गर्दथ्यो । यो कम्प्युटरलाई पहिलो जेनरल परपोज कम्प्युटर (General Propose) भनिन्छ ।
एडस्याक (Electronic Delay Storage Automatic Computer)
जोन भ्यान न्युमानले सन् १९४५ मा भन्डारण गर्ने EDSAC सिद्धान्त पत्ता लगाएका थिए । इडस्याक (EDSAC) कम्प्युटर उसकै भन्डारण गर्ने सिद्धान्तमा आधारित कम्प्युटर हो । क्याम्ब्रिज विश्व विद्यालयमा माडसी विल्क तो ले इ.सं. १९४९ मा यसको निर्माण गरेका थिए । यसमा ३,००० वाट भ्याकुम ट्युब प्रयोग गरिएको थियो । यसले जम्मा ३० किलोवाट विद्युत् खपत गर्दथ्यो । यसको गति १५०० माइक्रो सेकेन्ड जम्मा गर्न र ४००० माइक्रोसेकेन्ड गुणन गर्न लाग्थ्यो ।
युनिभ्याक (UNIVAC/Universal Automatic Computer-I)
युनिभ्याक कम्प्युटर पहिलो व्यापारिक प्रयोजनका लागि बनाएको जनरल कम्प्युटर हो । यो कम्प्युटर पहिलो पल्ट धेरै मात्रामा उत्पादन गरिएको थियो । यो कम्प्युटर जोन म्याउटयुली र जे.पी एकर्टले स्थापना गरेको कम्पनी युनिभरर्सल एकाउन्टिङ कम्पनी (ग्niversal Accounting Company) मा बनेको हो । यसको बनावट २५ फिट चौडाइ, ५० फिट लम्बाइको थियो । यसको भन्डारण क्षमता १,००० शब्द वा १२,००० ओटा अक्षर थियो । यसमा म्याग्नेटिक टेप इन्पुट र स्टोरेजका लागि प्रयोग गर्दथे र इलेक्ट्रोनिक टाइप राइटर आउटपुटको लागि प्रयोग गर्दथे । यसले १२० के.भी.ए. विद्युत् खपत गर्दथ्यो । यसले ०.५२५ मिलि सेकेन्ड जम्मा गर्ने, २.१५ मिलि सेकेन्ड गुणन गर्न र ३५ मिलि सेकेन्ड भाग गर्न समय लिन्थ्यो ।
इडिभ्याक (EDVAC/Electronic Discrete Variable Automatic Computer)
इ.सं. १९५२ मा जोन माउचुली र जे.पी.एकर्टहरूले इडिभ्याक कम्प्युटर निर्माण गरेका थिए । यसलाई स्टोर प्रोग्राम सिद्धान्त प्रयोग गरिएको दोस्रो कम्प्युटर मानिन्छ । यसमा प्रोसेसर मेमोरी र स्टोर प्रोग्रामसमेत राखिएको हुन्थ्यो । यसमा ४००० भ्याकुम ट्युब र १०००० क्रिस्टल डाइड्स (Crystal Diodes) प्रयोग गरिएको थियो ।
नेपालमा कम्प्युटरको इतिहास (History of computer in Nepal)
नेपालमा कम्प्युटरको इतिहास वि.सं. २०२८ सालबाट सुरु भएको मानिन्छ । तत्कालिन सरकारले २०२८ सालको जनगणनाका लागि दोस्रो पुस्ताको कम्प्युटर IBM 1401 भित्र्याएको थियो । त्यस कम्प्युटरको मद्दतले १ वर्ष ७ महिनमा, १ करोड १२ लाख ५० हजार जनताको गणना गरेको थियो । पछि सो कम्प्युटर सरकारले किनी राष्ट्रिय तथ्याङ्क विभागलाई जिम्मा दियो र वि.सं. २०३१ सालमा सोही कम्प्युटरको मद्दतबाट इलेक्ट्रोनिक डाटा प्रोसेसिङ सेन्टरको स्थापना भयो । हाल यो विघटन भैसकेको छ । वि.सं. २०३८ सालमा ICL 2950/10 खरिद गरियो । यसको मद्दतले पहिलोको जनगणनाभन्दा छिटो गणना गर्न सक्षम भए । वि.सं. २०३९ बाट माइक्रो कम्प्युटर एप्पल, भेक्टर, सिरस नेपालमा भित्रिएको पाइन्छ । विस्तारै आजसम्ममा हरेक ब्रान्डका राम्रा राम्रा कम्प्युटर पाइन थालेको छ ।
अपरेटिङ सिस्टम भनेको के हो? | What is Operating System?
अपरेटिङ सिस्टम एउटा सफ्टवेयर प्रोग्राम हो जसले कम्प्यूटर हार्डवेयर र सफ्टवेयर सञ्चालन गर्न सक्षम बनाउँछ। भन्नुको अर्थ अपरेटिङ सिस्टमको मुख्य काम हार्डवेयर र सफ्टवेयर बीचको मध्यस्थता हो। अपरेटिङ सिस्टम कम्प्युटर स्रोतहरू कार्यान्वयन र व्यवस्थापनको लागि जिम्मेवार हुन्छ। कम्प्यूटर अपरेटिङ सिस्टम बिना कम्प्यूटर र सफ्टवेयर बेकार हुन्छ। अपरेटिङ सिस्टमका मुख्य कार्यहरु फाइल र फोल्डरहरूको व्यवस्थापन, यन्त्र व्यवस्थापन, डाटा भण्डारण, मेमोरी प्रबन्धनव्यवस्थापन, सुरक्षा व्यवस्थापन, प्रयोगकर्ताको चाहनाअनुसार एप्लिकेसन प्रोग्राम सञ्चालन, नेटवर्क व्यवस्थापन आदि हो।
मुख्य अपरेटिङ सिस्टमहरू:
माइक्रोसफ्ट विन्डोज (Microsoft Windows): माइक्रोसफ्ट द्वारा विकसित, व्यक्तिगत कम्प्युटरहरूमा सबैभन्दा व्यापक रूपमा प्रयोग हुने अपरेटिङ सिस्टम।
MacOS: एप्पल द्वारा विकसित, एप्पलको अपरेटिङ सिस्टम व्यक्तिगत कम्प्युटरहरूको लागी प्रयोग हुन्छ।
लिनक्स (Linux): ओपनसोर्स (Opensource) अपरेटिङ सिस्टम
एन्ड्रोईद (Android): मोबाइल उपकरणहरूको लागि गूगल द्वारा विकसित
आईओएस (IOS): मोबाइल उपकरणहरूको लागि एप्पल द्वारा विकसित
क्रोमियम (Chromium): गुगल अपरेटिङ सिस्टम गूगलको Chromebook हरुमा मात्र प्रयोग भएको छ।
अपरेटिङ सिस्टमका मुख्य कार्यहरु यसप्रकार छन् :
१. फाइल र फोल्डरहरूको व्यवस्थापन,२. उपकरणहरूको व्यवस्थापन,
३. मेमोरी व्यवस्थापन,
४. सुरक्षा व्यवस्थापन,
५. प्रयोगकर्ताको चाहनाअनुसार एप्लिकेसन प्रोग्राम सञ्चालन,
६. प्रयोगकर्ता र कम्प्युटरबिच भाषानुवाद,
७. प्रोसेज व्यवस्थापन, आदि ।
No comments:
Post a Comment